२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भीमफेदी कार दुर्घटनामा तीनजनाको मृत्यु, दुईको सनाखत

१७ जेठ, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा बुधबार अपराह्न भएको कार दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

काठमाडौंबाट हेटौँडा आउँदै गरेको बा ६च ९३७९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट करिब दुई सय ५० मिटर तल खसेको थियो ।
कारमा रहेका पाँच जनामध्ये एक जनाको घटनास्थलमा र दुई जनाको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका–८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपाली र उनका तीन महिने छोरी अर्जिता रहेका छन् । मृतक अर्काको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा घाइते मनहरी–८ बेलुवाका २३ वर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका–१ लोथरका ३५ वर्षीया सानुकान्छी तामाङको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस