२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालबालिकालाई कुपोषणबाट जोगाउन गर्भावस्थादेखि नै विशेष ख्याल गर्नुपर्छः मन्त्री चौधरी

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बालबालिकालाई कुपोषित हुनबाट जोगाउनका लागि गर्भावस्थादेखि नै विशेष ख्याल गर्नुपर्ने बताउनुभएको छ ।बालबालिकाको क्षेत्रमा कार्यरत वर्ल्ड भिजन इन्टरनेश्नल नेपाल र सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को सहकार्यमा आजबाट सुरु भएको बाल कुपोषण र भोकमरीविरुद्धको इनफ घोषणा कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताउनु भएको हो ।

मन्त्री चौधरीलाई बालबालिकाहरूले कुपोषण अन्त्यका लागि सरकारले चाल्नुपर्ने कदमका बारेमा ७ बुँदे अपिल बुझाएका थिए ।बालबालिकाले बुझाएको ध्यानाकर्षणपत्र कार्यान्वयनका लागि मन्त्रालयगत रूपमा छलफल र समन्वय गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।बालबालिकामा हुने कुपोषण अन्त्यका लागि वर्ल्डभिजन इन्टरनेश्नलले गरेका कामको प्रभाव र नतिजा सकारात्मक भएको उल्लेख गर्दै मन्त्री चौधरीले तीनै तहका सरकार र सरोकारवाला निकाय कुपोषण अन्त्यका लागि एक जुट हुने हो भने अझ धेरै राम्रो नतिजा निकाल्न सकिनेमा जोड दिनुभयो ।

सरकारले दिवाखाजाका लागि विद्यार्थीलाई १५ रुपैयाँ पठाएको जानकारी गराउँदै यसमा स्थानीय सरकारले थपेर गुणस्तरी खाजाको व्यवस्था गर्नका लागि सबै जनप्रतिनिधिसँग अनुरोध गर्नुभयो ।विभिन्न बालगृहमा गरिएको अध्ययन प्रतिवेदन संसदीय समितिबाट प्राप्त गरेको जानकारी दिँदै मन्त्री चौधरीले भन्नुभयो, ” समितिको प्रतिवेदनमा बालबालिका लागि गुणस्तरीय खाने कुरा नदिएको भन्ने आएको छ । यसमा मन्त्रालयले सरोकारवाला निकायलाई कारबाही वा सचेत गराउने काम तुरुन्त गर्छ ।”

कम्जोर आर्थिक अवस्थाका बालबालिका कुपोषणको जोखिममा रहने भएका कारण यसपाली सरकारले ल्याएको बजेटले रैथाने खाने कुरामा जोड दिने भनेकाले पनि यसले कतै न कतै सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस