२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हेलिकोप्टरबाट काठमाडौं ल्याइएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया रिहा

काठमाडौं । नागरिकता कीर्ते प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्य अवस्थाका कारण परिवारको हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई छोरा सम्भव सिरोहियाको जिम्मा लगाएर छाडेको हो ।

तेस्रो पटक म्याद थपपछि सिरोहियालाई उपचारका लागि भन्दै मंगलबार हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा ल्याइएको थियो । भिडियोबाट हाजिर गराएर नै अदालतले म्याद थप्ने तयारी गरेको थियो ।

तर स्वास्थ्य अवस्था बिग्रिरहेको रिपोर्ट चिकित्सकले दिएपछि जिल्ला सरकारी वकिल र जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई परिवारको जिम्मामा छोड्ने निर्णय लियो । यो निर्णय अदालतले स्वीकार्य र हाजिर हुनेगरी छोराको जिम्मामा छोडिदियो ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस