२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बजेटमाथिको छलफल आइतवारदेखि शुरु हुने

२३ गते अर्थमन्त्रीको जवाफ आउने

काठमाण्डौँ,जेठ १६ । सरकारले सङ्घीय संसद्को संयुक्त सभामा पेस गरेको आउँदो आर्थिक वर्षको बजेटमाथि आइतवारदेखि छलफल शुरु हुने भएको छ । सभामुख देवराज घिमिरेले छलफलका लागि प्रतिनिधिसभाको बैठक आइतवार बिहान ११ बजेका लागि बोलाएका छन् ।

अर्थमन्त्री वर्षमान पुनले हिजो सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका थिए । लगत्तै प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा उनले बजेट पेस गरेका थिए । प्रतिनिधिसभामा अर्थमन्त्री पुनले विभिन्न राजस्व, कर शुल्क र महसुलको दस्तुर निर्धारणसम्बन्धी व्यवस्था रहेको आर्थिक विधेयक २०८१ पनि पेस गरे । प्रतिनिधिसभा र राष्ट्रिय सभामा तीन दिन जेठ २०, २१ र २२ सम्म बजेटमाथि छलफल हुनेछ ।

#बजेट

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस