२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काभ्रेमा भयानक दुर्घटना, सात सवारीसाधन एकआपसमा ठोक्कियो (तस्विरहरू)

काठमाडौं । काभ्रेपलाञ्चोकको व्यापारिक केन्द्र एवं काठमाडौं प्रवेशको द्धार बनेपामा भयानक दुर्घटना भएको छ ।

काभ्रेपलाञ्चोकमा ७ वटा गाडी एकआपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज भएको दुर्घटनामा काभ्रे पनौती २ का ४८ वर्षीय प्रकास सापकोटा र बनेपा ५ की देविना कर्माचार्य घाइते भएकी हुन् । उनीहरुको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । सापकोटाको मुख, च्यापु, घाँटीमा चोट लागेको छ । यता कर्माचार्यको बाँया खुट्टामा चोट लागेको छ ।

बनेपा नगरपालिका १३ साँगाको पुतली रिसोर्ट अगाडि हाईवेको साईडमा रोकी राखेको बा.प्र.-०१००३ क ९९४५ नं. को ट्यांकरसँग साँगाबाट बनेपातर्फ आइरहेको बा.६३ प ७ नम्बरको मोटरसाइकल ठोकिएको थियो । बा.प्र.-०२-०४४ प ०५७३ नम्बरको स्कुटी, सोही दिशाबाट आइरहेको बा. ७ च ४५३७ नम्बरको कार सोही ट्यांकरमा गई ठोकिएको र बा.प्र.-०१-०२६ च ९२३९ नम्बरको योद्धा गाडी कारमा गई ठोकिएको, BACO123 नम्बरको कार योद्धा गाडीमा गई ठोकिएको, ना‍.७ ख ५४१ नम्बरको मालबाहक ट्रक गई सोही कारमा गई ठोकिएको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस