२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक विजयी

जेठ १६, चितवन । नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका घनश्याम कँडेलले ९३ मत ल्याउँदा पाठकले ६०६ मत ल्याएको निर्वाचन समितिले जानकारी गराएको छ ।

उपाध्यक्षमा श्याम विष्ट विजयी भएका छन् । विष्टले ४०४ मत ल्याउँदा उनीसँग प्रतिस्पर्धा गरेका कृष्णकुमार डल्लाकोटीको २८४ मत आएको छ ।

सचिवमा प्रकाश ढुंगाना विजयी भएका छन् । उपसचिव महिलामा ज्वाला पुरी बन निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । शनिबार उद्घाटन भएको एमाले चितवनको ११ औं जिल्ला अधिवेशनमा नयाँ कार्य समितिका लागि मंगलबार मतदान भएको थियो ।

#कमलराज पाठक

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस