२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रेमल चक्रवात : भारतको मिजोरममा पहिरोमा परी २७ जनाको मृत्यु

१६ जेठ, काठमाडौं । भारतको मिजोरम राज्यमा रेमल चक्रवातबाट २७ जनाको मृत्यु भएको छ । सो क्षेत्रमा पानी र बिजुलीको आपूर्ति पनि प्रभावित भएको छ ।

मिजोरममा रेमल चक्रवातको प्रभावका कारण भारी वर्षा भएको थियो । सोही वर्षापछि पहिरो गएको र पहिरोमा च्यापिएर २७ जनाको मृत्यु भएको मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएको हो ।

मिजोरम प्रहरीका प्रमुख अनिल शुक्लाले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारी अनुसार रेमल चक्रवातका कारण धेरै स्थानमा बिजुलीका खम्बा र रुखहरुसमेत उखेलिएका छन् ।

सरकारले पहिरोमा ज्यान गुमाएकाका परिवारलाई चार–चार लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने जनाएको छ । साथै विपद कोषमार्फत् १५ करोड रुपैयाँ छुट्याएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस