२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

७१औँ सगरमाथा दिवस मनाइँदै

काठमाण्डौँ,जेठ १६ । आज २९ मे अर्थात् अन्तराष्ट्रिय सगरमाथा दिवस । ७१ वर्षअघि सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा आज सगरमाथा दिवस मनाइने गरिन्छ ।

नेपाल सरकारले सन् २००८ देखि २९ मेलाई अन्तर्राष्ट्रिय रूपमै यो दिवस मनाउन निर्णय गरेको थियो । यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको पहिचान र गौरव भन्ने नाराका साथ दिवस मनाउन लागेको छ ।

सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । त्यसपछि सुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ ।

कोरोना महामारीले ठप्प बनेको हिमाल आरोहणमा त्यसयता नेपाली र विदेशीको आकर्षक गन्तव्य बनेको छ । पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरूले यो दिनलाई विशेष मान्छन् । सगरमाथाले नेपाललाई विश्वमाझ चिनाइरहेको छ ।

#सगरमाथा दिवस

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस