२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

युरो २०२४ को लागि बेल्जियमको टोली घोषणा

१६ जेठ, काठमाडौं । आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुने युरो २०२४ का लागि बेल्जियमको प्रारम्भिक टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक डोमेनिक टेडेस्कोले सोमबार २५ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा अनुभवी खेलाडी जोन भर्टोङगन, रोमेलु लुकाकु र केभिन डे ब्रुएना समावेश छन् । तर अनुभवी गोलकिपर टिबाउथ कोर्तवा भने टिममा छैनन् ।

चोटका कारण यसअघि नै प्रशिक्षक टेडेस्कोले कोर्तवा युरो खेल्ने टिममा नपर्ने जनाइसकेका थिए । बेल्जियमसँग युरो २०२४ का लागि जुन ७ सम्मको समयसीमा अघि एक खेलाडी थप्ने विकल्प छ ।

समूह ई मा बेल्जियम, रोमानिया, युक्रेन र स्लोभाकिया छन् । बेल्जियमले जुन १७ मा फ्रान्कफर्टमा स्लोभाकिया विरुद्ध खेल्दै युरो सुरु गर्नेछ ।

बेल्जियम टोली

गोलकिपर: माट्ज सेल्स (नोटिङ्घम फरेस्ट), कोएन क्यास्टिल्स (वोल्फ्सबर्ग), थोमस कमिन्स्की (लुटन)

डिफेन्डर: वाउट फेस (लेस्टर), टिमोथी कास्टग्ने (फुल्हम), आर्थर थिएट (रेन्स), जान भेर्टोङ्गेन (एन्डरलेच्ट), एक्सेल विट्सेल (एटलेटिको म्याड्रिड), जेनो डेबास्ट (एन्डरलेक्ट), थोमस म्युनियर (ट्राब्जोन्सपोर), म्याक्सिम डे क्युपर (क्लब) ब्रुग)

मिडफिल्डर: एस्टर भ्रान्क्स (वल्फ्सबर्ग), युरी टिलेमेन्स (एस्टन भिल्ला), ओरेल मंगला (लियोन), केभिन डे ब्रुइन (म्यानचेस्टर सिटी), आर्थर भर्मेरेन (एट्लेटिको म्याड्रिड), अमाडो ओनाना (एभर्टन)

फरवार्ड: रोमेलु लुकाकु (रोमा), चार्ल्स डी केटेलेर (एटलान्टा), जेरेमी डोकु (म्यानचेस्टर सिटी), लोइस ओपेन्डा (लाइपजिग), लिआन्ड्रो ट्रोसार्ड (आर्सनल), जोहान बाकायोको (पीएसभी आइन्डहोभन), डोडी लुकेबाकियो (सेभिया), यानिक कारासको (अल-शबाब)

आश्चार्य चकित बनाउने भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस