२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वीरगञ्जमा एक १५ बर्षीया किशोरीमाथि छुरा प्रहार

वीरगञ्ज, जेठ १६ । वीरगञ्जमा एक १५ बर्षीया किशोरीमाथि छुरा प्रहार गरिएको छ । वीरगञ्ज राधेमाईस्थित विक्रम तिमल्सिनाको घरमा कोठा लिएर बस्दै आएकी पकहा मैनपुर गाउँपालिका–१ की १५ वर्षीया किशोरी प्रिया यादवमाथि मंगलबार राति साढे ८ बजे छुरा प्रहार भएको हो ।

घरबेटी तिमल्सिनाको घरअगाडि अपरिचित मानिसले यादवमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । बालिका यादवले प्रतिकार गर्दै चिच्याउन थालेपछि छुरा प्रहार गर्ने अज्ञात व्यक्ति त्यहाँबाट भागेका थिए । छुरा प्रहार गर्ने मानिसलाई आफूले नचिनेको पीडित यादवले बताएकी छिन् ।

#छुरा प्रहार

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस