२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बजेटमा के भयो वृद्धभत्ता सहित सामाजिक सुरक्षा भत्ता ?

काठमाडौं । सरकारले सबै किसिमका सामाजिक सुरक्षा भत्तालाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने भएको छ । यसका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेको छ । अझै बढ्छ की भन्ने अपेक्षा आम नागरिकको थियो तर बढेन ।

आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले भने सबै किसिमका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छु ।

अहिले सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या १३ लाख नाघिसकेको छ। ताजा जनगणनाअनुसार, ६५ देखि ७० वर्ष उमेर समूहको संख्या ७ लाख ७१ हजार ६१८ छ।

अहिले वृद्धभत्ता मासिक ४ हजार रुपैयाँ दिइँदै आएको छ। अहिले संघीय सरकारलाई सामाजिक सुरक्षामा मात्र वार्षिक १ खर्ब ८८ अर्ब ३५ करोड रुपैयाँको दायित्व छ। यससहित सामाजिक सुरक्षामा सरकारले गर्नुपर्ने कुल खर्च २ खर्ब नाघ्ने देखिन्छ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस