२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

छानबिन समितिको कार्यादेशलाई अन्तिम रूप दिन कार्यदलको बैठक जारी

काठमाडौं । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाउन कार्यदलको बैठक बसिरहेको छ । कानून मन्त्रालयमा जारी बैठकले टीओआरलाई अन्तिम रूप दिनेछ ।

हिजो बालुवाटारमा शीर्ष नेताहरूको बैठकले ७ सदस्यीय छानबिन समिति बनाउने सहमति गरेसँगै टीओआरलाई आज अन्तिम रूप दिन लागिएको हो । कार्यदलले अन्तिम रूप दिएपछि कार्यादेश शीर्ष नेताहरूले टुंग्याउने छन् । सरकार र कांग्रेसबीच ७ सदस्यीय संसदीय छानबिन समिति बनाउने सहमति भएको छ । कांग्रेसले आफ्नो पार्टीबाट तीन बजेभित्रमा समितिमा रहने सदस्यको नाम दिइसक्ने प्रमुख सचेतक रमेश लेखकले बताए ।

समितिमा पाँच दलका प्रतिनिधि रहनेछन् । जसमा एमाले र कांग्रेसबाट दुई–दुई जना, माओवादी, रास्वपा र राप्रपाबाट एक–एक जना रहने छन् । समितिलाई प्रतिवेदन बुझाउन ३ महिनाको समय दिइएको छ । आजै बस्ने प्रतिनिधिसभाको बैठकबाट समितिको घोषणा हुनेछ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस