२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बजेट स्वागतयोग्य, बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य सम्भव छ : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटबाट सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव भएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिक्रिया दिँदै अध्यक्ष ढकालले बजेटले लिएका अन्य लक्ष्य कार्यान्वयन गर्न सकेमा आर्थिक वृद्धिको लक्ष्य भेट्न सकिने बताएका हुन् ।

यस्तै, महासङ्घले प्रवर्द्धन गरेको सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्द्धन गर्ने भनिएको छ । कृषिमा करार खेती र पहाडमा फलफूल खेतीको विषय आउनु स्वागतयोग्य भएको ढकालको भनाई छ ।

यता पर्यटनमा वैवाहिक पर्यटन ‘वेडिङ डेस्टिनेशन’ विकास गर्ने विषय आएका छन् । यसबाट देशको आर्थिक विकास सुधार गर्न सकिने र सूचना प्रविधि उद्योगलाई केन्द्रित गर्दै आएको सहुलियत र विस्तारका योजना समेत स्वागतयोग्य भएको ढकालले बताएका छन् । निजी क्षेत्रको प्रबद्र्धनका लागि महासङ्घले राखेको माग सम्बोधन भएको उनको भनाई छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस