२०८१ मङ्सिर २ गते आइतवार | 2024 November 17th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वर्षाले काठमाडौं छिर्ने सडकमा रातिदेखि सवारी जाम

१५ जेठ, काठमाडौं । गएरातिको पानीले बाटो अवरुद्ध हुँदा धादिङको बैरेनी क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ । गल्छी गाउँपालिका वडा नम्बर ६ बर्दखोला बैरेनी पुल नेर लेदो माटो जम्मा भएपछि सवारी साधनको जाम भएको हो । त्यहाँ पुलको दुवैतर्फ निर्माणकार्य जारी छ ।

राति पानी परेपछि बाटो पूर्णरुपमा बन्द थियो । सामान्य मर्मत गरेर केहीबेर एकतर्फी बाटो खुलाए पनि फेरि बन्द हुँदा सवारी साधनको लामो लाइन लागेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र कुमार मिश्रले सो क्षेत्रमा बाटो खुल्ने र बन्द हुने क्रम जारी रहेकाले सवारी साधन सहज रुपमा सञ्चालन हुन नसकेको बताए । ‘अहिले पनि बाटो डिस्टर्ब नै छ,’ उनले भने ।

बाटो खुलाउने प्रयासमा गजुरी प्रहरीका डिएसपी डिल्लीनारायण पाण्डेको नेतृत्वमा ट्राफिक प्रहरीसमेत खटिएको छ । तर बाटो सहज नहुँदा यात्रुहरु मर्कामा परेका छन् । प्रहरीले स्थानीय एफएमहरुबाट बाटो बन्द भएको सूचनासमेत प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस