२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नयाँ बजेट : कर्मचारीको तलब, वृद्ध भत्ता यथावत

काठमाडौँ, जेठ १५ । सरकारले कर्मचारीको तलब यथावत राखेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटमा कर्मचारी तलब वृद्धिको विषय उल्लेख गरेनन् । तर, कर्मचारीहरुले पनि तलब वृद्धिको अपेक्षा गरेका थिए ।

यद्यपि, सङ्घीय निजामती सेवा कानून यसै अधिवेशनबाट पारित गरी कार्यान्वयन गरिने उनले जानकारी गराए । राष्ट्रसेवक कर्मचारीको मनोवल बढाउन, काममा उत्प्रेरित गराउन, सेवा सुरक्षा, संरक्षण र अनुमानयोग्य सरुवा बढुवा प्रणाली सुनिश्चित गरिने अर्थमन्त्री पुनले जानकारी गराए ।

सरकारले सामाजिक सुरक्षा भत्तालाई पनि यथावत राखेको छ । उनले भने,‘ज्येष्ठ नागरिक लगायतका लक्षित समूहलाई प्रदान हुँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छु। यसको लागि १ खर्ब १६ अर्ब रुपैयाँ विनियोजन गरेको छु।’
हाल सरकारले जेष्ठ नागरिक, दलित, एकल महिला, विधवा, पूर्ण अपाङ्गता, बालबालिका र लोपोन्मुख जाति लगायतलाई सामाजिक सुरक्षा प्रदान गर्दै आएको छ ।

#बजेट

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस