२०८१ पुष ७ गते आइतवार | 2024 December 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अन्तत: जुट्यो सहमति : संसद खुलाउन दलहरू सहमत

काठमाडौँ । संसद्‌मा जारी गतिरोध अन्त्य गर्न सत्ता र प्रमुख प्रतिपक्षी दलहरूबीच सहमति बनेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सैद्धान्तिक सहमति जुटाएको हो। संसद्‌मा जारी गतिरोध अन्त्य गर्न सत्ता र प्रमुख प्रतिपक्षी दलहरूबीच सहमति बनेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सैद्धान्तिक सहमति जुटाएको हो।

बैठकबाट निस्कँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहमति जुटेको र कार्यदलको बैठक बसेर अन्तिम रुप दिने जानकारी दिए। सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समितिको टीओआर (कार्यादेश) बारे दलहरू सहमति जुट्न सकेको थिएन।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसद्को गतिरोध अन्त्य गर्नेगरी सोमबार साँझ ६ बजेदेखि नै सत्ता र प्रतिपक्षका नेताहरू छलफलमा जुटेका थिए। सोमबार बिहान पनि एक चरणमा बालुवाटारमै वार्ता भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको छलफलमा सहभागी दुवै दलका नेताहरूले आ–आफ्नो अडानमा टसमस भएका थिएनन्।

यद्यपि बिहान बालुवाटारमा भएको छलफलबारे कांग्रेस नेताहरूले दिउँसो पार्टी सभापति शेरबहादुर देउवा निवास बालुवाटारमा छलफल गरेका थिए। लगत्तै उनीहरू प्रधानमन्त्रीलाई भेट्न बालुवाटार फर्किएका थिए। कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेताहरू कृष्ण प्रसाद सिटौला, जीवन परियार, रमेश लेखक लगायतका नेताहरू बालुवाटारमा छलफल गर्न पुगेका थिए।

त्यस्तै, टीओआर कार्यदलमा सहभागी नेताहरू पनि बालुवाटार पुगेका थिए। यसअघि नै समिति बनाएर जाने कुरामा सत्ता र प्रतिपक्षीबीच कुरा मिलिसकेको थियो। यद्यपि टीओआरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राख्ने विषयमा कांग्रेसले अडान राखिरहेको थियो।

टीओआरमा रविको नाम उल्लेख नगर्दा उनी आबद्ध कम्पनी र सहकारीको छानबिन हुनुपर्ने कांग्रेसले बताएको थियो। (मंगलबार) सरकारले आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्दैछ। सो बजेट पढ्नुअघि नै सहमति बनाउनेगरी प्रधानमन्त्री प्रचण्डले कसरत गरिरहेका थिए।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस