२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बजेटमा उर्जाका कुरा : ठूला आयोजना सुरु गर्दै कूल जडित क्षमता ४५ सय मेगावाट पुग्ने

प्रतिव्यक्ति विद्युत् खपत चार सय ५० किलोवाट

जेठ १५, काठमाडौँ । आगामी आर्थिक वर्षमा मुलुकको राष्ट्रिय प्रणालीमा चार हजार पाँच सय मेगावाट बराबरको बिजुली उपलब्ध हुने प्रक्षेपण गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्मा आज पेस आर्थिक वर्षमा नौ सय मेगावाट बिजुली थप हुने सरकारले उल्लेख गरिएको हो । ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै कूल जडित क्षमता बढ्ने बजेटमा उल्लेख छ ।

हाल प्रतिव्यक्ति विद्युत् खपत क्षमता तीन सय ८० किलोवाटबाट बढाएर चार सय ५० किलोवाट बराबर पुग्ने छ । आगामी आर्थिक वर्षदेखि नेपालको बिजुली बङ्गलादेश पुर्‍याइने छ। भारतमा मात्रै निकासी भइरहेको बिजुली बंगलादेश पुगेपछि नेपालको बिजुली क्षेत्रीय बजारमा प्रवेश गर्नेछ ।

# बिजुली

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस