२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सानेपामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

१५ जेठ, काठमाडौं । ललितपुरको सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका–६ का २४ वर्षीय विजय घिसिङ रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए ।

मन्थली–६ कै सन्जयकुमार घिसिङ भने घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनीहरु सवार बा ७४ प ९२२१ नम्बरको मोटरसाइकल सानेपाको स्टार अस्पताल अगाडि आफैं अनियन्त्रित भएर मंगलबार बिहान साढे ५ बजे दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस