२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनिल नारायणले जिते आईपील मोष्ट भ्यालुएबल प्लेयर अवार्ड

१४ जेठ, काठमाडौं । कोलकाता नाइट राइडर्सका स्पिन अलराउण्डर सुनिल नारायणले इन्डियन प्रिमियर लिग (आईपील) २०२४ मा मोष्ट भ्यालुएबल (सर्वोत्कृष्ट) खेलाडीको अवार्ड जितेका छन् । कोलकातालाई तेस्रोपटक च्याम्पियन बनाउन सुनिल नारायणले सानदार अलराउण्ड प्रदर्शन गरेका थिए ।

कोलकाताले फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । सुनिल नारायणले यस सिजनको आईपीएलमा १७ विकेट लिनुको साथै ४८८ रन बनाएका थिए । नारायणले यसअघि २०१२ र २०१८ मा मोष्ट भ्यालुएबल प्लेयरको अवार्ड जितेका थिए । रोयल च्यालेन्जर्स बेंगलुरुका विराट कोहलीले ७४१ रन बनाउँदै ओरेन्ज क्याप जितेका छन् । त्यस्तै पञ्जाब किंग्सका हर्षल पटेलले २४ विकेटका साथ पर्पल क्याप जिते ।

सनराइजर्स हैदराबादले फेयर प्ले अवार्ड जितेको छ । त्यस्तै हैदराबादका नितेश कुमार रेड्डीले इमर्जिङ प्लेयर अवार्ड उपाधि जिते । च्याम्पियन कोलकाताले २० करोड भारु उपाधि पाउनेछ । उपविजेता हैदराबादले १२ करोड ५० लाख भारु पाउनेछ । व्यक्तिगत अवार्डतर्फका विजेताले समान १० लाख पाउनेछन् ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस