२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिरोहियालाई तेस्रो पटक म्याद थप्न एम्बुलेन्समा हालेर अदालत पुर्‍याइयो

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले अस्पतालबाट एम्बुलेन्समा अदालत पुर्‍याइएको छ । सिरोहिया नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका हुन् । उनलाई तेस्रो पटक म्याद थपका लागि आज धनुषा जिल्ला अदालत एम्बुलेन्समा ल्याइएको छ ।

अदालतले पहिलो पटक र दोस्रो पटक ३र३ दिनको म्याद अनुसन्धानका लागि प्रहरीलाई दिएको थियो । दोस्रो पटक म्याद थपेकै दिन सिरोहिया अस्पताल भर्ना भएका थिए ।

उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएपछि प्रहरीले सिरोहियालाई प्रादेशिक अस्पताल लगिएको थियो । तर त्यहाँबाट रेफर गराएर उनी काव्या अस्पतालमा उपचाररत छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस