२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछाने भीभीआईपी होइनन् भिसा नोट पठाउन मिल्दैन : परराष्ट्र

काठमाडौं । नेपालका स्टार क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको सम्बन्धमा परराष्ट्र मन्त्रालय भिसा नोट नपठाउने निश्कर्षमा पुगेको छ । एक अधिकारीले जनबोलीसँग भने सन्दीप लामिछाने नेपाल सरकारले जारी गरेको कार्यविधि अनुसार भिसा नोट पठाउन मिल्ने वरियतामा छैनन् ।

उनी भीभीआईपीपनि होइनन्, । अमेरिकी सरकारले निमन्त्रणा गरेर दोहोरो कुटनीतिक भ्रमणपमा बोलाएकोपनि हैन, यसैले सन्दीपलाई भिसा दिलाउन भिसा नोट लेख्ने आधार छैन नाम नबताउने शर्तमा परराष्ट्रका ती उच्च अधिकारीले भने । तर सन्दीप लामिछानेका सम्बन्धमा मन्त्रीपरिषद्ले नै निर्णय गरेर भिसा नोट जारी गरिने भनेमा त्यही कार्यविधि बनाउने निकायले गरेको निर्णयसमेत राखेर भिसा नोट लेख्न सक्ने उपाय उनले बताए ।

तर अहिले नेपाल क्रिकेट संघ (क्यान) हुँदै खेलकुद मन्त्रालयबाट नै कुटनीतिक पहल गर्न आग्रह गरेका कारण जो जससँग सम्बन्ध राख्दछ भन्ने पत्र भने अमेरिकी दूतावासमा पठाएको उनले खुलाए । त्यसले नै काम गरेर दूतावासले भिसा दियो भने दियो, अन्यथा नेपालीको मात्र भावना बुझेर अमेरिकाले भिसा नदिन सक्छ उनले भने ।

अमेरिकाले मात्र हैन, हामीले समेत आफ्नो स्वयक्त देशमा कुन देशको कुन नागरिकलाई प्रवेश दिने वा नदिने भन्ने पूर्ण अधिकार त्यो देशमा मात्र हुन्छ । प्रवेश नदिएको विषय कुनै फरक निकायमा बहस पैरवी हुने विश्वमा नै कुनै कानून छैन । यसैले अमेरिकाको निर्णय मान्नु हाम्रो बाध्यता हुनेछ उनले भने ।

प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस