२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मधेशका मुख्यमन्त्रीको आरोप- प्रचण्ड संघीयताविरोधी हुन्

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल संघीयता विरोधी भएको आरोप लगाएका छन् । सोमवार आव २०८०/०८१ को स्थानीय तहलाई दिने स–शर्त अनुदान वितरण तथा विभिन्न मन्त्रालयबाट हुने रकमान्तरको सम्बन्धमा नेकपा एमाले, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएसँगै उनले सञ्चारकर्मीहरूसँग यस्तो आरोप लगाएका हुन् ।

नेकपा एमाले सहितका राजनीतिक दलहरूले वर्तमान सरकार अल्पमतमा रहेकोले दीर्घकालीन असर पर्ने खालका निर्णयहरू नगर्न/नगराउन ध्यानाकर्षण पत्र पेश गरेका थिए । ध्यानाकर्षण पत्र बुझिसकेपछि मुख्यमन्त्री यादवले अहिले संघीयताको घोर विरोधी प्रधानमन्त्री दाहाल भएको आरोप लगाए ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिला नै संघीयता नचाहेको स्पष्ट पारेको उल्लेख गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा ल्याउने नेतृत्व संघीयताको पक्षधर हुनै नसक्ने जिकिर गरे । मुख्यमन्त्री यादवले संघीयतामाथि प्रहर गर्न मधेश प्रदेशमा पटक पटक विश्वासको मत फिर्ता लिने, कर्मचारीको सरुवा गर्ने लगायतका गतिविधि संघ सरकारले गरेको बताए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस