२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीपको भिसा बारे अमेरिकी दूतावासका डीसीएम र कन्सुलर चिफले के भने ?

काठमाडौँ । परराष्ट्र मन्त्रालयले क्रिकेटर सन्दीप लामिछानेको भिसाबारे नेपालस्थित अमेरिकी दूतावाससँग पहल गरेपनि हालसम्म कुनै प्रतिक्रिया आएको छैन । परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले गत शुक्रबार अमेरिकी दूतावासका डीसीएम र कन्सुलर चिफलाई बोलाएर मन्त्रालयमा छलफल गरेका थिए ।

स्रोतका अनुसार सो छलफलमा परराष्ट्र मन्त्रालयले लामिछानेलाई भिसा नदिएको कारणबारे सोधेका थिए । जवाफमा अमेरिकी दूतावासको तर्फबाट आफ्नो नीति नियमको बारेमा जानकारी गराएका थिए । अरू थप कुरा पछि जानकारी गराउने दूतावासले भनेको तर अहिलेसम्म कुनै प्रतिक्रिया नआएको मन्त्रालयले जानकारी गराएको छ । यस विषयमा मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईसँग बुझ्दा त्यस विषयमा आफूलाई कुनै जानकारी नरहेको बताए ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस