२०८१ पुष ७ गते आइतवार | 2024 December 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारले संसदबाटै बजेट ल्याउने, मंगलबार १ बजे संयुक्त सदनको बैठक

काठमाडौं । सरकारले प्रतिपक्षीको अवरोध जारी नै रहेपनि सदनबाटै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको छ । कांग्रेसको निरन्तर अवरोधका कारण अध्यादेशबाट बजेट ल्याउने चर्चाका बीच बजेट सार्वजनिक गर्न संयुक्त सदनको बैठक तय भएको छ ।

आजको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजे दुवै सदनको संयुक्त बैठकमा उपस्थितिका लागि सांसदहरूलाई आग्रह गरेका छन् ।

सभामुख घिमिरेले नेपालको संविधानको धारा ११९ बमोजिम जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान पेश गर्ने जानकारी गराए । अर्थमन्त्री पुनले १९ खर्बमाथिको बजेट ल्याउने तयारी गरेका छन् ।

आज संसद बैठक बाहिर पत्रकारसँग कुरा गर्दै सत्तारुढ प्रमुख घटक एमाले प्रमुख सचेतक महेश बर्तौलाले पनि संसदबाटै बजेट ल्याइने बताए ।

प्रतिपक्षी दलहरूको निरन्तर अवरोधबीच आज प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस