२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कैलाश सिरोहियाको बचाउमा उत्रिँदा कहिलै विवादमा नपरेका मह जोडीलेपनि खान थाले गाली

काठमाडौं । वरिष्ठ हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा प्रतिक्रिया दिएपछि विवादमा फसेका छन् । कहिलै विवादमा नपरेका यी बरिष्ठ कलाकारहरुलाईपनि अहिले सामाजिक प्रयोगकर्ताहरु गाली गर्न थालेका छन् ।

दुवैले सिरोहियाको बचाउ गर्दै उनी अदालतबाट निर्दोष ठहरिने आशा व्यक्त गरेका थिए । प्रमाण नभई गृहमन्त्री रवि लामिछानेको ठाडो आदेशमा पक्राउ गरिएको र अदालतको ढोकामा पुग्नासाथ थुनामुक्त हुने उनीहरुको दाबी थियो । तर त्यसो हुन नसकेपछि उनीहरु समेत केही मिडियामा आएको हेडलाईनका कारण फसेको भन्दै फ्यानहरुले गाली गरिरहेका छन् ।

कान्तिपुर टिभीसँग कुरा गर्दै हरिवंश आचार्यले नेपालमा लोकतन्त्र ल्याउन कान्तिपुर र सिरोहियाले भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए । उनले भने, ‘२०४६ सालदेखि ०६२ सालसम्म जुन–जुन मुभमेन्टहरु भए, त्योबेलामा कान्तिपुर पब्लिकेसन्स, विशेष गरी कैलाश सिरोहियाजीहरु र हामी सँगसँगै बसेर अभियानमा लागेको हो । अहिलेको ओपन परिस्थितिको वातावरण सिर्जना नेपालको प्रेस जगतले पनि गरेको हो । त्यसमा कैलाशजी र कान्तिपुर मिडियाको ठूलो भूमिका छ ।’

आचार्य थप्छन्, ‘अब यो अदालतको कुरा भयो । अदालतमा यो केस पुगिसक्यो । मलाई जहाँसम्म लाग्छ, अदालतले निर्दोष साबित गर्छ होला र उहाँको रिहाइ हुन्छ ।’

मदनकृष्णले सिरोहियालाई पक्राउ गरिएकोमा दुख व्यक्त गरे । उनले भने, ‘कैलाश सिरोयिहाजस्तो व्यक्तिलाई यस्तो पर्‍यो । सुन्दाखेरि पनि मज्जा लाग्दैन । सञ्चार क्षेत्रमा यो नमिठो अवस्था आयो । रामायणमा रामले लक्ष्मणलाई राजनीति भनेको के हो भनेर सोध्दा रावणसँग गएर सोध भन्छ ।

राजनीतिमा साम, दाम, दण्ड, भेद हुन्छ । तर रविजीको तरिका ठिक भएन । मुद्दा अदालतमा गएको छ । अदालते फैसला राम्रै गर्ला ।’ यो अन्तर्वार्ता बाहिर आएपछि अहिले उनीहरुकोपनि आलोचना भइरहेको छ । माफियातन्त्रको पक्षपोषण गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनीहरुलाईपनि गलत भनिरहेका छन् ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस