२०८१ असोज २१ गते सोमवार | 2024 October 7th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आफ्नै देशमा स्वर्ग खोजिरहेका मनोजले पत्ता लगाए ‘तमोरको मुहान भोट हैन, नेपाल आमाकै कोख’

Manoj Acharya

काठमाडौं । भोट (तिब्बत) मा मुहान भएर नेपाल हुँदै बग्ने नदीमा तमोर नदी भनेर नेपालकै विभिन्न पाठ्यक्रममा राखिएको छ । गुगल लगायतका सर्च इन्जिनमापनि यही तथ्य भेटिन्छ । तर नेपाल भित्रका स्वर्गका टुक्रा भिडियोमा खोज्न हिँडिरहेका मनोज आचार्यले नयाँ रहस्य उजागर गरेका छन् ।’

भूगोल र भूगर्व बुझ्ने र त्यसलाई रेकर्डमा राख्ने जिम्मेवारी भएकाले खासै कष्टपूर्ण यात्रा गरेर खोजेको पाइन्न । यसैले नेपाल धर्तीमा अझैपनि नयाँ–नयाँ रहस्य र ठाउँहरु पत्ता लागि रहेका छन् । आँखाले मात्र देख्नेले लेख्नेलाई बुझाउँन नसक्दा र लेख्ने स्वयंले आँखाले नदेख्दापनि त्यस्ता गल्ती भएका हुनसक्छन् । पछिल्लो समय प्रविधिको विकाससँगै उच्च क्वालिटीका दृष्य खिच्ने क्यामेरा आएका छन् । क्यामेरामा नै कैद गरेर ल्याएका दृष्यले नयाँ रहस्य उजागर गरिरहेको छ ।’

प्रमाणसहित उजागर भएका रहस्य र तथ्यलाई पुर्नलेखन गर्न राज्यलाई नै सहयोग पुगिरहेको छ । राज्यका लागि यही योगदान गरिरहेका, नेपाल र नेपाललाई माया गर्ने विश्व जगतलाई नेपालका विभिन्न भूगोल देखाइरहेका एक पात्र हुन् मनोज आचार्य । उनले भर्खरै ओलाङचुङगोलाबाट सिन्जेमा हुँदै चाइना बोर्डर सम्मको यात्रा गरेका छन् । हिमालै–हिमाल चढेर तमोरको किनारै–किनार हुँदै उनी धर्तीको स्वर्ग नै पुगेको सन्देश भिडियोबाट दिन सफल भए । त्यहाँ पुगेर उनले तमोरको उद्गम स्थल तिब्बत हैन, नेपाल आमाकै गर्भ हो भन्ने तथ्य र तर्क प्रस्तुत गरेका छन् । यो तर्कमा सहमत हुने आधार छ ।’

उनले देखाएको भिडियोमा नेपाल र चीनको सिमानको पानी ढलो हुँदै एउटा खोला नेपालतर्फ झर्छ । अर्को नेपाल आमाकै गर्भमा रहेका विशाल तलहरु र हिमालहरु हुँदै कलकल खोला नेपालतर्फ बगिरहेको मनोजले देखाएको भिडियोमा देख्न सकिन्छ । तिब्बततर्फको पानी ढलोबाट आएको खोला भन्दा नेपाल भूमीको तालबाट बगेको नदीको पानीको बहाव ठूलो छ ।’

साथै चीनको पानी ढलोबाट उक्त तालको मुहानबाट बगेको नदीसम्म मिसिन आइपुग्दा संगमभन्दा माथीको नदीलाई चीनियाँ भाषामा भनिने रहेछ । त्यो संगममा नेपालबाटै बग्ने पानीको बहाव ठूलो भएकाले तमोर नदीको मुहान नेपालमा छ, मनोजले भनेका छन् । उनको यो तर्क र तथ्यलाई राज्यका निकायले पुर्नलेखन गर्दा नेपाल र नेपालीको पहिचानमा लाभ नै हुने देखिन्छ । यो तर्क र तथ्य नदीसम्बन्धि विश्वव्यापी मान्यतापनि हो ।’

को हुन् मनोज ?
खोटाङको तत्कालिन सदरमुकाम दिक्तेल बजार (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका) वडा नं. १ मा जन्मिएका मनोज आचार्य पछिल्लो पुस्ताका रहरलाग्दा क्रियटर हुन् । उनी भिडियो र तस्विर मार्फत नेपाललाई विश्व समुदायसम्म चिनाउँन प्रयासरत छन् । नामको युबट्युब च्यानल मार्फत उनले विभिन्न ठाउँहरुका यात्राका भिडियोहरु प्रस्तुत गर्दछन् । ’

विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर सम्मका रोमाञ्चक दृष्य देखि नेपाल चीनबीचका सीमाहरुसम्मका कठिन यात्राहरु उनले प्रस्तुत गरेका छन् । उनी दुर–दराजका अत्यन्तै मनमोहक दृष्य, रहनसहन र दैनिकीलाईपनि भिडियोमा अत्यन्तै सरल रुपमा प्रस्तुत गर्दछन् । जन्मिएको सन्तानलाई अरु कुनै क्षेत्र नदेखि लोक सेवा आयोगको पाठ्यक्रम मात्र घोकाएर त्यही क्षेत्रमा मात्र पठाइरहेको दिक्तेलको सामुदायिक अवस्थामा फरक क्षेत्रमा उदाएको पहिचान बनाउँदैछन् मनोज । ’

भिडियो मार्फत नै उनले राम्रो आम्दानीपनि गरिरहेका छन् । जागिरेहरुको कमाई भन्दा राम्रो नै भएको उनले बताउँने गरेका छन् । ‘देशपनि हेर्न पाएको छु, मुखपनि फेर्न पाएको छु, म यसैमा खुशी छु’ मनोजले भने । उनले आफूलाई माया गर्ने दर्शकहरुप्रति यो जीवनमा सदैव कृतज्ञ हुने बताए । दुर्गम जिल्लामा बसेर नै क्रियशनको काम गरिरहेका मनोजका विस्तारै सामाजिक सञ्जालहरुमापनि फ्यानहरु बढीरहेका छन् । फेसबुक अकाण्टमा मात्रपनि ४४ हजारभन्दा बढी फलोअर्स छ । युबट्युब च्यानलपनि निक्कै राम्रो बनिसकेको छ ।’

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस