२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दश वर्षपछि अष्ट्रेलियामा महसञ्चारको ‘मह जात्रा’

काठमाडौं । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केहीसहितको टोलीले अष्ट्रेलियामा ‘मह जात्रा’ प्रहसन गर्ने भएको छ । महसञ्चारले अष्ट्रेलियामा १० वर्षपछि ‘मह जात्रा’ कार्यक्रम गर्न लागेको हो । टोलीमा मह जोडी र किरणसँगै कुन्ती मोक्तान, शिलाबहादुर मोक्तान र नरेन्द्र कंशाकारसहितको टोलीले अष्ट्रेलियाका पाँच स्थानमा प्रहसन गर्न लागेको हो । पर्थ, क्यानबेरा, सिड्नी, एडिलेड र मेलवर्नमा कार्यक्रम हुनेछ । पर्थमा २५ मे, क्यानबेरामा मे २९, सिड्नीमा २ जुन, एडिलेडमा जुन ७ र मेलवर्नमा जुन ८ मा कार्यक्रम हुनेछ । यसका लागि मह जोडीसहितको टोली पुगिसकेका छन् ।

न्युजिल्यान्डमा पनि दुईवटा कार्यक्रम हुनेछन् । अकल्यान्डमा जुन १५ र क्रिष्टचर्चमा २२ जुनमा कार्यक्रम हुनेछ । प्रस्तुतिमा सबै कन्टेन नयाँ हुने हरिवंशले बाह्रखरीलाई जानकारी दिए । “हामीसँग एउटा ड्रामा छ, त्यो ड्रामामा मदन दाइ, नरेन्द्र दाइ, म, किरण केसी हुनेछौँ,” हरिवंशले भने, “हामीले एउटा घाँस्य गीत भनेर बनाएका छौँ । त्यसमा पनि हामी सबै हुनेछौँ । हामीबाहेक त्यहाँका लोकल डान्सर पनि हुनुहुनेछ ।”

संयुक्त कार्यक्रमबाहेक अन्य प्रस्तुति पनि हुनसक्ने उनले बताए । कार्यक्रमको समय हेरेर आफू एक्लैले पनि प्रस्तुति दिनसक्ने उनले जानकारी दिए । यसका लागि आफूले छुट्टै तयारी गरेको उनको भनाइ छ । समय पर्याप्त भएको अवस्थामा त्यसबाहेक आफूले गीत पनि गाउने उनले बताए । नेपालमा अहिलेसम्म कतै पनि नदेखाएको प्रहशन देखाउने भन्दै उनले अगाडि थपे, “हामीले अष्ट्रेलियाका लागि भनेरै तयार पारेको कार्यक्रम देखाउनेछौँ ।”

कार्यक्रममा समय रहेको अवस्थामा मदनकृष्ण श्रेष्ठ र किरण केसीले पनि गीत गाउनेछन् । यसका लागि आफूहरूले करिब महिना दिन लगाएर रिहर्सल गरेको किरणले जानकारी दिए । “दश वर्ष अगाडि पनि मह सञ्चारले मेलवर्नमा विश्वकै लोकप्रिय कलाकारले प्रस्तुति दिएको ठाउँमा पफर्म गरेको थियो । अहिले पनि त्यही स्तरमा कार्यक्रम हामी गर्दैछौँ,” उनले भने । दुई घण्टा ४५ मिनेटको कार्यक्रम रहनेछ । गीतबाहेक सबै प्रस्तुति नयाँ हुने किरणको भनाइ छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस