काठमाडौं । कान्तिपुर मिडिया ग्रुप (केएमजी) अन्तर्गतका विभिन्न फेसबुक पेजमा सामाजिक सञ्जाल प्रयोगकर्ताले अत्याधिक नकारात्मक रिभ्यु दिएपछि उक्त प्रेसर थेग्न नसकेर कान्तिपुरले रिभ्यु फिचर नै बन्द गर्न बाध्य भएको छ । नागरिकता किर्ते गरेको आरोपमा केएमजीका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि कान्तिपुरका फेसबुक पेजहरूमा नकारात्मक रिभ्युको बाढी आएको थियो ।
सिरोहियालाई प्रहरीले मंगलवार उनको कार्यकक्षबाटै पक्राउ गरेको थियो । यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले कान्तिपुरका सामाजिक सञ्जाल प्लेटफर्ममा विभिन्न नकारात्मक टिकाटिप्पणी गर्दै आएका थिए । तर, शुक्रबार भने अत्यधिक नकारात्मक रिभ्यु दिए ।
विशेषगरी ईकान्तिपुर डटकमको फेसबुक पेज eKantipur मा प्रत्येक सेकेन्ड नकारात्मक रिभ्यु आएका थिए । सो पेजमा केही घण्टामा नै आठ हजार बढी रिभ्यु आएका थिए । जसले औसत रिभ्यु १.९ मा झरेको थियो । यो निरन्तर घट्ने क्रममा रहेपछि कान्तिपुरले रिभ्यु फिचर बन्द गर्ने निर्णय गर्यो । अहिले उक्त रिभ्यु देखिन्न ।
त्यससँगै फेसबुक पेज अनफलो गर्ने, युट्युब च्यानल अनसब्स्क्राइब गर्नेहरू पनि बढेका छन् ।
के हो फेसबुक रेटिङ ?
यो समाचारपछि फेसबुक प्रयोगकर्ताहरुले फेसबुक अकाउन्ट तथा पेजहरुमा हुने रेटिङ पक्कै थाहा पाउनुभयो । तर, फेसबुक रेटिङ के हो ? यसले कसरी काम गर्छ ? यो किन आवश्यक छ र घट्दा अथवा बढ्दा के हुन्छ भन्नेकुरा थाहाँ नहुन सक्छ ।
हामी यहाँ फेसबुक रेटिङ र यसको प्रयोग र प्रभावबारेपनि कुरा गर्नेछौं । सामान्य भाषामा बुझ्दा फेसबुक रेटिङले फसेबुक पेजको स्टयाडर्डलाई दर्शाउने गर्दछ । अर्थात फेसबुक रेटिङ भनेको रिभ्यु तथा प्रतिक्रिया हो । जसमा उक्त फेसबुक पेजमा प्रयोगकर्ताहरुले राखेको आफ्नो धारणा हो । रेटिगं व्यवसाय, ब्रान्ड, वा सेवा सम्बन्धी समग्र सन्तुष्टिको मापन गर्छ। यसलाई प्रयोगकर्ताहरूले दिने आफ्नो मूल्याङ्कनका रुपमा पनि बुझ्न सकिन्छ ।
रेटिङ मा समीक्षाहरूको औसतलाई निकाल्ने गरिन्छ । जसमा प्रयोगकर्ताहरुको राखेको राम्रो नराम्रो सबै समिक्षालाई औसतमा मापन गरेर ५ वटा ताराका रुपमा देखाएको हुन्छ । उक्त ताराहरुले व्यवसाय, ब्रान्ड, तथा सेवा सम्बन्धी समग्र सन्तुष्टिलाई देर्शाउछ। रेटिङ १ देखि ५ तारा सम्म हुन्छ।
१ देखि ५ सम्म ताराहरुमा बढी भनेको राम्रो समीक्षा र सन्तुष्टि हो भने, कम तारा संख्या भनेको नकारात्मक प्रतिक्रिया र असन्तुष्टि हो । कुनैपनि प्रोडक्ट अथवा सभिर्सको मूल्याङ्कन त्यसको गुणस्तर र आम मानिसहरुले दिएका प्रतिकृयामा भर पर्ने गर्दछ । प्रोडक्ट अथवा सर्भिसको गुणस्तरको कुरा उक्त सेवा प्रदायक तथा उत्पादक कम्पनीमा निर्भर हुन्छ भने, प्रतिकृया आम मानिसहरुको रोजाई तथा उपभोगमा भर पर्छ । उक्त आम मानिसहरुको रोजाई र उपभोगलाई नै रेटिङ का रुपमा राखिएको हुन्छ ।
फेसबुक रेटिङ घट्दा कस्तो असर पर्छ ?
फेसबुकको खोजी परिणाम अर्थात हामीले सर्च गर्दा सबैभन्दा माथि र पपुलर भनेर अगाडी देखिने कुरामा यसले असर गर्दछ । उच्च रेटिङ भएका पेजहरूलाई फेसबुक आफैले प्राथमिकता दिन्छ। रेटिंग घट्दा पेजको प्रथामिक्तामा नपरेर भ्युबरसिप तथा अडियन्सहरु घट्दै जान्छन् । फेसबुक पेजको रेटिङ कम हुँदा व्यवसाय वा ब्रान्डको इमेजमा नकारात्मक असर पर्छ। मानिसहरूले पेजलाई कम विश्वास गर्न थालेको भनेर बुझ्न सकिन्छ । यसले भविष्यका नयाँ ग्राहक तथा अडियन्सलाई घटाउछ । त्यस्तै, ब्रान्डको छविमा नकारात्मक असर पर्छ।
रेटिङ घट्दा ग्राहकहरूको विश्वास पनि स्वतं घट्छ। उच्च रेटिंग भएका पेजहरूलाई आम मानिस तथा प्रोफेसनल मानिसहरुले बढी विश्वसनीय ठान्छन् भने, कम रेटिङ भएका पेजहरुलाई विश्वसनियक ठान्दैनन् । मानिसहरुको सकारात्मक प्रतिक्रिया र उच्च रेटिङ ले व्यापार, व्यवसाय तथा सेवाको वृद्धि गर्न मद्दत गर्छ। भने, रेटिङ घट्दा सम्भावित ग्राहकहरूलाई आकर्षित गर्न र व्यवसायको वृद्धि गर्न गाह्रो हुन्छ ।
उच्च रेटिङ र सकारात्मक समीक्षाहरूले नयाँ नयाँ प्रयोगकर्तालाई सामाजिक रुपमा आकर्षित गर्न मद्दत गर्छ भने, कम रेटिङ ले सामाजिक रुपमा अलिक कमजोर बनाउन सक्ने हुन्छ । अझ उक्त पेजहरुमा गरिएका पोष्टहरु फेसबुकले खासै फिड गर्दैन । अत्याधिक नै नकारात्मक भए पेज अप्रकाशितपनि गरिदिनसक्छ ।