२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछानेका यी चमत्कारी विश्व रेकर्ड, विश्व क्रिकेटका महारथीलेपनि सकेका छैनन्

काठमाडौं । सन्दीप लामिछाने विश्व रेकर्ड नै रेकर्ड राख्न सफल विश्व कै उत्कृष्ट खेलाडी हुन् । नेपाली स्पीनर सन्दीप लामिछाने कम खेलमा नै १०० विकेट लिने विश्वका पहिलो बलर हुन् ।

उनको जस्तो रेकर्ड विश्वका क्रिकेट महारथी भनिएका कुनैपनि देशका खेलाडीले बनाउन सकेका छैनन् । उनले सन् २०२३ को एसीसी प्रिमिअर कपको ओमान विरुद्धको खेलमा अदिल शफिक को विकेट लिएर यो इतिहास रचेका थिए । उनले ४२ खेल खेलेर १०० विकेटको कोशेढुङ्गा पूरा गरेका हुन्।’

उनी एक इनिङ्समा सर्वाधिक लगातार चार विकेट लिने पहिलो खेलाडी समेत हुन् । यसैगरी सर्वश्रेष्ठ करियर बलिङ औसतमा उनी पहिलो नम्बरमा छन् । एक पारीमा उत्कृष्ट बलिङ विश्लेषणको सूचीमा दोस्रो स्थानमा, हार्ने पक्षमा हुँदापनि इनिङ्समा उत्कृष्ट अंक ल्याउने खेलाडीको सूचीमापनि दोस्रो नम्बरमा नै छन् ।

सर्वश्रेष्ठ क्यारियर स्ट्राइक दर, एलबीडब्लुमा सबैभन्दा धेरै विकेट लिने, एक इनिङ्समा सबैभन्दा धेरै मेडन लिने खेलाडीको विश्व सूचीमा चौथो स्थानमा छन् । सबैभन्दा धेरै डक आउट गराउने खेलाडी र कम खेलमा नै ५० विकेट लिने खेलाडीको सूचीमा छैटौ स्थानमा छन् । युवा क्याप्टेनको सूचीमा समेत उनी आठौं स्थानमा छन् । उनले २१ बर्ष २२६ दिनको उमेरमा नेपालको कप्तानको जिम्मेवारी पाएका थिए ।’

 

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस