२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सभामुखमा अब झनै बल थपियो, संसदका महासचिव पाण्डेयको पक्षमा सर्वोच्चको फैसला

काठमाडौं । नागरिकता विवादमा सर्वोच्च अदालतमा परेको मुद्दामा संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले राहत पाएका छन् । सर्वोच्च अदालतले उनको नागरिकता विवादमा फैसला गर्दै महासचिवमा भएको नियुक्तिलाई सदर गरिदिएको छ । सभामुख देवराज घिमिरेको जोडबलमा नियुक्त भएका पाण्डेयलाई कार्यकाल पूरा गर्न नदिन नागरिकताको हतियार चलाइएको थियो । उनको नियुक्ति सदरभएसँगै अब संसदमा सभामुखमा झनै बल थपिएको छ ।

दुईवटा नागरिकता रहेको भन्दै अधिवक्ता अनिल आचार्यले उनलाई संसदको महासचिवमा गरिएको नियुक्त बदर गर्न माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सो मुद्दामाथि सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले मंगलबार फैसला गर्दै नियुक्त बदर गर्नुनपर्ने भनेको हो । उनको नियुक्ति पुरानै नागरिकताअनुसार भएको सर्वोच्चले ठहर गरेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस