२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछानेलाई खुलेरै घृणा फैलाइरहेकी गायिका अभयाविरुद्ध चल्यो गीत बहिस्कार अभियान

Sandeep Lamichhane Abhaya Subba Weise

काठमाडौं । गायिका अभया सुब्बा गायन बाहेक अन्य कुराका लागि पनि चर्चाको बिषय बन्ने गर्छिन् । अहिले उनको चर्चा एक पटक फेरी चुलिएको छ । यसपटक, जब उनले आफ्ना फ्यानहरुलाई सामाजिक सञ्जालमा अनफ्रेन्ड गर्न भनिन् , उनी एकाएक सामाजिक सन्जालमा चर्चित भएकी छिन् ।

उनले एउटा पोस्ट शेयर गर्दै आफ्नो फेसबुकमा रहेका सन्दीप लामिछानेका फ्यानहरुलाई अनफ्रेन्ड गर्न आग्रह गरेकी छिन् । अभयाले सामाजिक सञ्जालमा लेखेकी छिन् – ‘सन्दीप लामिछानेका सबै फ्यान र समर्थकहरूले मलाई अनफ्रेन्ड गरिदिनु होला । मेरो परिधिको छेउछाउमा यी नीच पथ अनुयायीहरू मध्ये कुनै पनि हुनुभन्दा म केही असल साथीहरू मात्र पाउन चाहन्छु ।

गायिका सुब्बाका हरेक शब्द–शब्दले उनको क्रिकेटर लामिछानेप्रति घृणाको कुनै सिमाना नै नरहेको थाहा हुन्छ । अहिले उनको उक्त स्टाटसलाई केहीले समर्थन गरेका छन् भने धेरैले आलोचना गरिरहेका छन् । उनको उक्त स्टाटस पछि क्रिकेट प्रेमीहरुले उनको गीत नै बहिस्कार गर्ने अभियान चलाइरहेका छन् । कुनैपनि कन्सर्टमा आउँदापनि बहिस्कार गर्ने सन्दीपका समर्थकहरुको चेतवानी छ ।

यसै पनि क्रिकेटर लामिछानेलाई अमेरिकी दुतावासबाट भिसा नदिएको तनावमा छन् । उनका समर्थन त्यसमाथि अभयाको स्टाटसले उनहरुलाई आक्रोशित बनाउने काम गरेको छ । अहिले गायिका सुब्बा आफ्नो स्टाटसका कारण विवादित हुन पुगेकी छिन् । यद्यपी आफ्नो पोस्टमा अत्यधिक नकारात्मक टिप्पणीहरु आएपछि अभयाले पोस्ट नै डिलिट गरिदिएकी छन् ।

प्रेसर धान्न सकिनन् तर यतिबेला त्यो लेखाई सर्वत्र फैलिसकेको छ । स्क्रिन सर्टहरु राखेर अभया बहिस्कार चलाइरहेका छन् । उनी आफैं अत्याधिक अनफलो भएपछि उनले अहिले प्रोफाइल ( Abhaya Subba Weise ) नै लक गर्न बाध्य भएकी छिन् ।

बलात्कारको आरोप लागेका सन्दीपलाई जेठ २ गते उच्च अदालतले उनलाई सफाइ दिएको थियो । सफाइपछिपनि अमेरिकाले भिसा नदिएर समर्थक र आम नेपालीलाई आक्रोशित बनाइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस