२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओलीलाई भेट्न बालकोट पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न रवि लामिछाने ओली निवास बालकोट पुगेका छन् ।

अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा संसदको गतिरोध अन्त्यदेखि दलहरुबीच सहमतिबारे कुराकानी भइरहेको बताइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगको छलफल पछि कांग्रेस निस्किए पनि केही बेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच छलफल भएको थियो । त्यसपछि अहिले बालकोटमा रबि र ओलीको छलफल भएको हो ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस