२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मेयर बालेनसँग भेटेपछि साइग्रेस पोख्रेलले भने, कथा काठमाडौं

Balen Shah Saigrace Pokharel

काठमाडौं । युट्युबमा अर्काको जीवनकथा सुनाएर पपुलर बनेका साइग्रेस पोख्रेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटेका छन् । पछिल्लो समय मेयर बालेन जस्तै साइग्रेसपनि युवा पुस्तामा खुबै पपुलर छन् ।

युवा युवतीहरु साइग्रेसको आवाजमा मन्त्रमुग्ध छन् । मेयर बालेनको कार्यशैलीलेपनि नयाँ पुस्ता थप फ्यान बनिरहेका छन् । उनीहरुबीच आज भेट भएको छ । भेटपछि साइग्रेसले लेखेका छन् ।
कथा अनि काठमाडौँ ❤️
With Balen ji!
#saigrace #balen

यो पष्टमा २२ मिनेटमा नै तीन हजारको रियाक्ट आएको छ ।

साइग्रेस स्पेन बस्छन्। त्यहीँबाट युट्युब र सामाजिक सञ्जालहरूमा नेपाली मूलका कथा नेपाली भाषामै सुनाउँछन्। साइग्रेसको युट्युब च्यानलमा तीन लाखभन्दा बढी सबस्क्राइबर्स छन्। केही साताअघि मात्र उनी ‘वर्ड टुर’ को सिलसिलामा नेपाल आएका हुन्।

साइग्रेसले धेरैपटक आफ्नो भिडिओ वा अन्तर्वार्तामा भन्दै पनि आएका छन्, ‘जबसम्म म कथाहरूलाई जिउन सक्दिनँ, शब्दहरूलाई पानीसरी पिउन सक्दिनँ, म कथा भन्नै सक्दिनँ।’

साइग्रेसले सन् २०१६ मै युट्युब च्यानल खोलेका थिए। तर युट्युब खोले पनि फेसबुकमै सेयर गरेका भिडिओमा उनी रमाउँथे। दुई वर्षअघि उनी ‘नाइन्टिज किड’ शीर्षकमा युट्युबमा भिडिओ हालेर सुतेका थिए। भोलिपल्ट बिहान उठ्दासम्म त्यो भिडिओ धेरैले हेरिसकेका रहेछन्। धेरैले त्यसबाट प्रभावित भएर सेयर पनि गरिसकेका रहेछन्।

सन् २०१५ मा डेनमार्कमा ‘स्ट्राटेजिक म्यानेजमेन्ट’ पढ्न गएका उनी फिल्म निर्माणमा पनि जोडिए। साइग्रेस सुरूदेखि नै सामाजिक मूल्य-मान्यताका कथाहरू भन्न र लेख्न रूचाउँथे। अधुरो प्रेम, माया र मजाक, जात नमिलेको प्रेमजस्ता कथा र अडिओ उपन्यासमा पनि अन्तिममा उनी मानवीय मूल्य-मान्यतालाई नै समावेश गर्ने प्रयास गर्छन्। डेनमार्क हुँदै स्पेन सरेका उनी यहाँका कथा भन्न सक्नुको मूल कारण पनि यसैलई मान्छन्, ‘ती कथाको सूक्ष्म अवलोकन।’

सन् २०१८ मा डिजिटल मार्केटिङको स्नातकोत्तर अध्ययन क्रममा स्पेन पुगेका उनले फोटोग्राफी र भिडिओग्राफी निर्माण गर्ने कम्पनी खोलेका छन्। त्यही कम्पनीअन्तर्गत रहेर उनले चार–पाँच कम्पनीमा मिडिया म्यनेजरका रूपमा काम गरिरहेका छन्। सम्पूर्ण समय कथावाचन र कथा लेखनमै रहने उनले पछिल्लो समय विभिन्न गैरसरकारी संघ-संस्था र व्यावसायिक कम्पनीमा समेत काम गरेका छन्। सुरूमा ‘सेभ द चिल्ड्रेन’ का लागि उनले १२ वटा जनचेतनामूलक कथा भनेका थिए। बागमती अभियान, रक्तदान लगायत सामाजिक अभियानमा पनि चासो देखाउने उनले कोरोना महामारी समयमा पनि सहयोग गरे। त्यही बेलाको लकडाउनमा उनका कथाहरू धेरैमाझ लोकप्रिय भए।

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस