२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कान्तिपुरको फेसबुक पेजमा मिनेट–मिनेटमा नेगेटिभ रिभ्युको बाढी, अत्याधिक अनफलो

काठमाडौं । कान्तिपुर मिडिया ग्रुप (केएमजी) अन्तर्गतका विभिन्न फेसबुक पेजमा सामाजिक सञ्जाल प्रयोगकर्ताले नकारात्मक रिभ्यु दिन थालेका छन् । नागरिकता किर्ते गरेको आरोपमा केएमजीका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि कान्तिपुरका फेसबुक पेजहरूमा नकारात्मक रिभ्युको बाढी नै आएको हो ।

सिरोहियालाई प्रहरीले मंगलवार उनको कार्यकक्षबाटै पक्राउ गरेको थियो । यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले कान्तिपुरका सामाजिक सञ्जाल प्लेटफर्ममा विभिन्न नकारात्मक टिकाटिप्पणी गर्दै आएका थिए । तर, शुक्रबार भने अत्यधिक नकारात्मक रिभ्यु दिएका छन् ।

विशेषगरी ईकान्तिपुर डटकमको फेसबुक पेज ‘eKantipur‘ मा प्रत्येक सेकेन्ड नकारात्मक रिभ्यु आइरहेका छन् । यो समाचार तयार पार्दासम्म सो पेजमा पाँच हजार बढी रिभ्यु आएका छन् भने औसत रिभ्यु २.२ मा झरेको छ । यो निरन्तर घट्ने क्रममा छ । त्यससँगै फेसबुक पेज अनफलो गर्ने, युट्युब च्यानल अनसब्स्क्राइब गर्नेहरू पनि बढेका छन् ।

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस