२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछानेमाथी स्पष्ट धोका : गुम्ने भयो विश्वकप !

काठमाडौं । नेपालको खेल क्षेत्रमा घुसेको चरम राजनीतिले स्टार क्रिकेटर सन्दीप लामिछानेमाथी ठूलो षड्यन्त्र भइरहेको क्रिकेट क्षेत्रका जानकारहरुको दाबी छ । सन्दीपलाई जसरीपनि विश्वकपमा जान रोक्ने, विश्वको पहिलो दर्जामा पुग्ने विश्व रेकर्ड राख्न नदिने खेल भइरहेको उनीहरुको दाबी छ । सकेसम्म खेल भविष्य नै तहसनहस पारेर अध्यारो जीवन बनाउँन अहिलेपनि हरसम्भव प्रयास भएको संकेत देखिन्छ ।

नेपाल र विश्व क्रिकेट क्षेत्र भित्रकै व्यक्तिहरुले सन्दीपलाई अन्जान युवतीसम्म सम्पर्कमा पुर्याए । षड्यन्त्रमुलक चाल चालेर युवतीलाई सन्दीपको समीपसम्म पुर्याएको र प्रायोजित बलात्कारको घटना बनाउँन खोजेको उनीहरुको दाबी छ । त्यो षड्यन्त्र न्यायमूर्तिले नै थाहा पाउनेगरी खुलेपछि उनले सफाइ पाएसँगै उनीहरुले दिन रात नभनेर जसरीपनि सन्दीपलाई अमेरिका जान रोक्ने प्रयास गरिरहेको उनीहरुले खुलाएका छन् ।’

सबै खेलाडीको भिसाका लागि अमेरिका दूतावास आफैं पुगेका नेपाल क्रिकेट संघ (क्यान) सचिव पारसले सन्दीपलाई अमेरिकाले सजिलै दिइहाल्छ भन्दै कागजपत्र मात्र उपलब्ध गराएर सन्दीप मात्र पठाए । तर अमेरिकाले सन्दीपलाई भिसा दिएन । चर्को दवाव बढेपछि क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले कूटनीतिक च्यानलबाट भिसा दिलाउन सरकारी पहल अघि बढाए । सबै कागजपत्रसहित उनीहरुले राष्ट्रिय खेलकुद परिषद् (राखेप) समेतको सिफारिस बनाएर खेलकुद मन्त्रालयमा पत्र लेखे । खेलकुद मन्त्रालयले अमेरिकी दूतावासमा भिसा नोट पठाइदिन आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई पत्र लेख्यो ।

प्रक्रिया अहिले परराष्ट्र मन्त्रालयमा पुगेर रोकिएको छ । मन्त्रालयमा भिसासम्बन्धि सम्पूर्ण अधिकार स्वयक्त मुलुक स्वयंमलाई हुने भएकाले एक पटक अस्वीकृत भएपछि भिसा नोट पठाउनेकी नपठाउने भन्नेमा नै विवाद भएको छ । यही कारण आजै प्रक्रिया अघि बढेन, एक पटक अस्वीकृत भएपछि सन्दीपलाई अमेरिकाले फेरि भिसा दिन्छ भन्ने मलाईपनि लाग्दैन । मन्त्रालयमापनि यही तर्कमा नोट लेख्नेकी नलेख्ने भन्ने अनिर्णित छौं परराष्ट्रका एक अधिकारीले खुलाए । ‘

सचिव सेवा लम्साल यो बारेमा कुनै कुरै नगरी तल्लो तहका कर्मचारीलाई नै छोडेर संयुक्त राष्ट्र संघले आयोजना गर्न लागेको चौँथो साना टापु विकासशील मुलुकको अन्तर्राष्ट्रिय सम्मेलन (एसआईडीएस–४) मा सहभागी हुन उडिसकेकी छिन् । सम्मेलन एन्टिगुवा र बर्मुडामा हुँदैछ । यता परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलेपनि खासै चासो राखेका छैनन् ।

आम नागरिकले जसरी चासो राखेका छन्, त्यसरी नै चासो परराष्ट्र मन्त्री र प्रधानमन्त्रीले राख्ने हो भने अमेरिकी राजदूत डिन आर थम्पसनसँग औपचारिक सम्वाद गर्न सक्थे । राजदूत तहबाट निर्णय हुन सकेन भनेपनि, आफ्ना समकक्षीहरुसँग सम्वाद गरेर भएपनि यो विषय चाँडै टुंगोमा पुर्याउँथे । सन्दीपको भिसा अस्वीकृत भएपछिपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राजदूत थम्पसनबीच विभिन्न कार्यक्रममा भेट भएको छ । एउटै मञ्चमासँगै बसेकापनि छन् । ‘

तर यो विषयलाई प्रधानमन्त्रीले चासो दिएको देखिन्न । त्यसो त यही सरकारको कमाण्डमा रहेको प्रहरी र सरकारी वकिलले सन्दीपको मुद्दालाई अघि बढाएका हुन् । सर्वोच्च अदालतका न्यायाधीशले समेत प्रथम दृष्टिमा नै बलात्कार भएको नदेखिएपछि बलात्कार जस्तो जघन्य अभियोग लागेको अवस्थामा समेत विदेशमा गएर क्रिकेट खेल्न पाउने गरी पुर्पक्षका लागि थुनामा लैजाने आदेश बदर गरिदियो ।

उच्च अदालतले समेत उनलाई सफाई दियो । षड्यन्त्रको गन्धमा सरकारी उच्च निकाय नरुमोलिएको थियो भने सन्दीपको बलात्कारको अभियोग अदालतमा अभियोजन समेत नहुने खालको भएको एक अधिकारीले बताए । गृहमन्त्री समेत रहेका उपप्रधानमन्त्री रवि लामिछानेको मुद्दा अघि नबढाउने निर्णय गर्ने महान्याधिवक्ताको कार्यालयले आफू मातहतको जिल्ला सरकारी वकिलको कार्यालयलाई यहाँ अपराध भएको देखिदैन, अभियोजन अघि नबढाऊ भन्न सक्थ्यो । तर त्यो भएन । ‘

विगत जे भयो, भयो ! तर देशलाई चिनाउँन त्यो हदको योगदान गर्ने एक स्टार खेलाडीले न्यायालयबाट सफाई पाउँदापनि मित्रराष्ट्रले अपराधिकै दृष्टिमा हेर्दा राज्य रमिते मात्र बनेको छ । यसले नेपालका खेलप्रेमीहरुको मन कुँडिएको छ । नेपालले इतिहास कोर्ने सुनौलो अवसर चुकाउँदैछ । यो प्रधानमन्त्रीले थाहा पाएका छैनन् भने, त्यहाँसम्म पुगोस् ।

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस