२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकपका लागि गर्नसक्ने गरेका छौं, सन्दीप जोडिने भएपछि टोलीमा आत्मविश्वास बढ्यो : पारस

काठमाडौँ, जेठ १० गते । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले ट्वान्टी–२० विश्वकपको तयारीका लागि क्यानले गर्नसक्ने जति गरेर नै नेपाली टोली विश्वकप यात्रामा होमिएको उल्लेख गर्नुभएको छ । विश्वकपको तयारी बारे सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै पूर्वकप्तानसमेत रहनुभएका पारसले विश्वकप अगाडि नेपालले म्याच एक्सपोजर र अन्य आवश्यक सुविधाका विषयमा क्यानले राम्रो तयारी गरेको उल्लेख गर्नुभएको हो ।

उहाँले विश्वकप अगाडि ४० देखि ५० वटा ट्वान्टी–२० विश्वकप खेल्नुपर्छ भन्ने उद्देश्य अनुरूप नै नेपाली टोलीले क्रिकेट खेलेको बताउनुभयो । फरक-फरक कन्डिसनमा लगातार क्रिकेट खेलेको उहाँको भनाइ छ । यी सबै तयारी हेर्दा क्यानले खेलाडीलाई सबैथोक दिएको उहाँको विश्वास छ ।

पूर्वकप्तान पारसले नेपाली टोलीबाट समर्थकले धेरै नै अपेक्षा गर्ने गरेको बताउनुभयो । सामाजिक सञ्जालको महोल नेपालले विश्वकप नै जित्नुपर्छ भन्ने खालको पनि रहेको पनि बताउनुभयो । खेलाडीले राम्रो खेले खुशी हुनु राम्रो भएको तर नराम्रो हुँदा धेरै आलोचना गर्न नहुने उहाँको भनाइ छ । नेपालको साधन स्रोतभन्दा बढी अपेक्षा गर्न नहुने तर्क उहाँको छ ।

अधिकांश टोलीले अमेरिका र वेस्ट इण्डिजमा नै बेस बनाएर तयारी गरिरहेको उहाँले बताउनुभयो । खेलाडीमाथि धेरै दबाब सिर्जना गर्न नहुने र अहिले विश्वकप खेलेको सेलिब्रेसन गर्ने अवस्था रहेको क्यानका सचिव पारसको बुझाइ छ । क्यानका सचिव पारसले नेपाली टोलीमा सन्दीप जोडिने भएपछि टोलीमा नै आत्मविश्वास बढेको उल्लेख गर्नुभयो ।

पछिल्लो समय सन्दीपको कमी भएको र सन्दीपको मुद्दाको टुङ्गो लागेकाले टोलीमा जोडिँदा आत्मविश्वास खेलाडीमा बढेको उहाँको धारणा छ । उहाँलाई कुन खेलाडीको स्थानमा राख्ने भन्ने जिम्मेवारी टिम सेलेक्टरमा नै छाडिएको पारसले उल्लेख गर्नुभयो । हाल नेपाली टोली वेस्ट इण्डिजमा अभ्यास सकेर अमेरिका पुगिसकेको छ । विश्वकप अगाडि नेपालले अमेरिकामा अभ्यास खेल पनि खेल्नेछ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस