२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एक्स ट्रेण्डिङमा अमेरिकी दूतावास र सन्दीप लामिछाने

काठमाडौं, जेठ १० गते । आज सामाजिक सञ्जाल एक्सको ट्रेण्डिङमा क्रिकेटर सन्दीप लामिछाने र नेपालस्थित अमेरिकी दूतावास आएका छन् । बुधबार अमेरिकाले लामिछानेलाई भिसा नदिएपछि दूतावास र उनी नेपालको एक्स ट्रेण्डिङमा परेका हुन् ।

आगामी जुन १ देखि २९ तारिखसम्म वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी–ट्वान्टी क्रिकेट विश्वकप खेल्न जान लागेका लामिछानेलाई अमेरिकाले भिसा नदिएको हो । भिसा के कारण नदिएको हो भन्नेबारे दूतावासले केहि जानकारी गराएको छैन । तर लामिछानेले सामाजिक सञ्जालमार्फत आफूलाई अमेरिकी दूतावासले भिषा नदिएको उल्लेख गरेका छन् ।

यो समाचार तयार पार्दासम्म एक्सको ट्रेण्डिङ पहिलो नम्बरमा अमेरिकी दूतावास रहेको छ भने लामिछाने दोस्रोमा रहेका छन् । सन् २०१९ अगस्ट १३ मा पनि लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । तर लामिछानेले सामाजिक सञ्जालमा लेखेपछि चौतर्फी विरोधले दूतावसले लामिछानेलाई बोलाएर भिसा दिएको थियो । उनी त्यतिबेला सीपीएल प्रतियोगिता खेल्नका लागि अमेरिका जाँदै थिए । लामिछानेलाई उच्च अदालत पाटनले जेठ २ गते बलात्कार मुद्दामा सफाइ दिएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस