२०८१ भाद्र २२ गते शनिवार | 2024 September 7th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अध्यक्ष ओलीद्वारा पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति र कनकाई पुलको शिलान्यास

झापा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई पुलको पनि शिलान्यास गर्नुभएको छ । बुधबार अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर–४ को शिवसताक्षी नगरपालिकाको मदरगाछ खण्डको कनकाई पुलको शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा उपप्रधान तथा भौतिक मन्त्री रघुवीर महासेठ, सांसद एलपि साँवा, पोलिटब्यूरो सदस्य विशाल भट्टराई पनि सहभागी हुनुहुन्थ्यो । अध्यक्ष ओलीले यसअघि पूर्व–पश्चिम राजमार्ग काँकडभिट्टा–लौकही सडक खण्ड स्तरोन्नतिको शिलान्यास गर्नुभएको थियो ।

अध्यक्ष ओलीले आज एमाले दमक नगर कमिटीको अधिवेशनको उद्घाटन गर्नुभएको छ । आज नै मोरङको सुन्दरहरैँचा नगरपालिकामा एक सडकको शिलान्यास गरेर सुनसरीमा निजी क्षेत्रबाट खोलिएको अस्पताल उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले आज नै विराटनगरमा पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गरेर काठमाडौं फर्कने उहाँको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस