२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछानेको अमेरिका भिसाका लागि प्रधानमन्त्री आफैंले थाल्नुभयो पहल

prachanda sandeep lamichhane

काठमाडौं । अमेरिकाले नेपालका क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न जानका लागि भिसा नदिएपछि सरकारले अमेरिकी दूतावास समक्ष कूटनीतिक पहल गर्ने भएको छ । खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाउने भएको हो । बुधबार सन्दीपलाई अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो । भिसा नदिइनुको स्पष्ट कारण खुलाइएको छैन ।

हिजो सन्दीपले स्ट्याटस लेखेर आफूलाई भिसा दिन दूतावासले अस्वीकार गरेको उल्लेख गर्नुभएको थियो । लगत्तै नेपाली क्रिकेट समर्थकले दूतावासको चर्को आलोचना गरिरहेका छन् । दूतावासको फेसबुक तथा ट्वीटर (एक्स) पेजमा आलोचना भइरहेको छ । अधिकांशले आक्रोश व्यक्त गरिरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सन्दीपलाई अमेरिका खेल्न पठाउन परराष्ट्र मन्त्रालयमार्फत औपचारिक रूपमै अनुरोध गरेर भिसा दिलाउन लाग्नुभएको छ । उहाँले आज लुम्बिनीमा एकसाथ रहेका बेला नेपालका लागि अमेरिककी राजदुतसँगपनि कुरा गरेको बुझिएको छ । दूतावासमा सरकारी तवरबाट प्रक्रिया अघि बढाउन कागजात तयार गरेर खेलकुद मन्त्रालय तथा नेपाल क्रिकेट संघ (क्यान) ले परराष्ट्र मन्त्रालयलाई पत्र लेखिसकेको छ । आज बिदा भएकाले परराष्ट्र मन्त्रालयले भोलि कार्यालय खुल्नासाथ दूतावासमा पत्र लिएर जाने स्रोतले बतायो । क्यानले बिहिबारनै खेलकुद परिषद्, खेलकुद मन्त्रालय, परराष्ट्र मन्त्रालयदेखि प्रधानमन्त्रीको सचिवालयसम्म सन्दीपको इस्यूबारे अवगत गराएको थियो । त्यसलगतै प्रधानमन्त्रीले पहल थाल्नुभएको थियो ।

सरकारी पक्ष सबैले गम्भीरतापूर्वक लिएको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले बताएको छ । आज बिहीबार सार्वजनिक बिदाका कारण अमेरिकी दूतावास बन्द छ । शुक्रबार सरकारी स्तरबाट अमेरिकी दूतावासमा प्रक्रिया अघि बढाइने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । उहाँले सन्दीपले भिसा पाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस