२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बच्चालाई साथी बनाउन यसरी सिकाउनुहोस्

काठमाडौं । एकल परिवारका बच्चाहरू सामाजिक हुन एकदमै समस्या हुने गर्छ । यदी अभिभावकहरू परिवार, साथीभाईसँग कम घुलमिल हुने गर्छन् भने बच्चाहरू पनि एकदमै कम सामाजिक हुने गर्छन् । यस्तो अवस्थामा अभिभावकले आफ्नो बालापनको तथा साथीभाईसँगको कुराकानीहरू बच्चाहरूलाई सुनाउन सक्छन् । जसले गर्दा बच्चाहरूलाई अरू मानिससँग घुलमिल हुन सजिलो हुन्छ ।

यदी तपाईं कामको कारणले परिवार, साथीभाईसँग टाढा हुनुहुन्छ भने पनि उनीहरूलाई परिवार र उनीहरूको महत्व तथा साथीभाईको महत्वको बारेमा बताउन सक्नुहुन्छ । जसले गर्दा उनीहरू आफ्नो वरिपरि साथीभाई बनाउन सक्छन् । भौतिक रूपले मानिसहरूसँग जमघट सम्भव नभए पनि परिवार तथा अन्य आफन्तहरूसँग फोन तथा सामाजिक संजालमार्फत् कुराकानी गराउन सकिन्छ । जसले गर्दा उनीहरूले आफ्ना परिवार तथा आफन्तहरूलाई चिन्ने गर्छन् ।

आफ्ना बच्चालाई अरूको ख्याल राख्न सिकाउनुहोस्, जसले गर्दा उनीहरू अरूको महत्व पनि बुझ्छन् । खाली समयमा बच्चालाई आफन्तहरूसँग बोल्ने तथा आफ्नो परिचय दिने अभ्यास गराउनुहोस् । बच्चाभित्र अन्य व्यक्ति तथा साथीहरूप्रति नकारात्मक भावना उत्पन्न हुन नदिनुहोस् । यदी बच्चाले कसैको बारेमा नराम्रो भने पनि उसलाई माफ गरेर साथी बनाउन सिकाउनुहोस् ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस