२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गृहमन्त्री रवि लामिछानेविरुद्ध तरुण दलले निकाल्यो राँके जुलुस

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले काठमाडौंको कोटेश्वरमा राँके जुलुस प्रदर्शन गरेको छ । नेपाल तरुण दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै बिहीबार कोटेश्वर चोकमा मशाल जुलुससहित प्रदर्शन गरेको हो ।

तरुण दलका नेता–कार्यकर्ताहरूले कोटेश्वरको महादेवस्थान गेटबाट मशाल जुलुस निकाल्दै मुख्य सडकमा अवरोध समेत गरेका थिए। सहकारी प्रकरण र सरकारको रवैयाका विरुद्ध राँके जुलुस प्रदर्शन गरिएको तरुण दलका केन्द्रीय सदस्य सुशील बुढाथोकीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस