२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

युट्यूबमा भाइरल हुन जेपनि बोल्ने रवि चुडाल घरबेटीमाथि बलात्कारको आरोपमा पक्राउ

काठमाडौं । केही समयदेखि युट्यूबमा उट्पट्याङ्ग अन्तरवार्ताहरु दिएर भाइरल हुने प्रयासमा रहेका रविरत्न चुडाल हिजो पक्राउ परेका छन् । ५२ वर्षीया महाराजगञ्ज ४८ (परिवर्तित नाम) ले आफूलाई बलात्कार गरेको भन्दै उनीविरुद्ध जाहेरी दिनुभएको थियो । महाराजगञ्ज ४८ को महाराजगञ्जमा रहेको घरमा चुडालले सटर भाडामा लिएर बसेका थिए । उनी फेन्सी स्टोर चलाउँथे । उक्त घरमा घरबेटीको परिवारबाहेक चुडाल मात्रै बस्ने गरेका थिए । महाराजगञ्ज ४८ एकल महिला हुनुहुन्छ । उहाँको श्रीमानको २०६४ सालमा मृत्यु भएको थियो । उहाँका दुई छोराहरु अहिले विदेशमा हुनुहुन्छ । चुडाल पनि पत्नीसँग सम्वन्ध बिग्रेर एक्लै बसिरहेका थिए ।

पछिल्लोपटक आफूलाई गत वर्ष जेठ १७ गते चुडालले बलात्कार गरेको दावी महाराजगञ्ज ४८ को छ । बलात्कार मुद्दामा एक वर्ष हदम्याद हुन्छ । महाराजगञ्ज ४८ ले गत असोजदेखि जाहेरी दिने प्रयास गर्नुभएको खुल्न आएको छ । तर, प्रहरीले प्रमाण नपुग्ने भन्दै जाहेरी लिन मानेको थिएन । त्यसपछि उहाँले उच्च अदालतमा निवेदन दिनुभयो । उच्चले गत पुस १७ गते जाहेरी दर्ता गरी आवश्यक कारवाही अगाडि बढाउन काठमाडौं परिसर र महाराजगञ्ज प्रहरीलाई परमादेश दिएको थियो । त्यसपछि जाहेरी दर्ता भएको स्रोतले खुलायो ।

जाहेरी दर्तापछि पनि लामो समयसम्म चुडाल पक्राउ परेका थिएनन् । दुई साताअघि महाराजगञ्ज ४८ ले एक युट्यूव च्यानललाई अन्तरवार्ता दिनुभएको थियो । त्यसमा उहाँले आफूलाई ब्ल्याकमेलिङ गर्दै बलात्कार गरेको भन्दै चुडाललाई पक्राउ गर्न माग गर्नुभएको देखिन्थ्यो । चुडाल भने युट्यूवमा राजनीतिक विश्लेषण छाँट्दै बसिरहेकै थिए ।

महिलाको भनाइ अनुसार २०७३ साल असार १८ गतेदेखि चुडाल उहाँको घरमा भाडा लिएर बस्दै आएका छन् । ‘दुईचोटि खुट्टा ढोगेपछि विश्वास गरेर भाडामा राखेँ । आफ्नो दाजुभाइ जस्तो सोचेँ । आफ्नो सन्तानजस्तो मानेको थिएँ । तर, उसले ममाथि विश्वासघात गर्यो’, अन्तरवार्तामा महिलाले भन्नुभएको छ । चुँडालको पृष्ठभूमि संदीग्ध छ । नाताले उनी दुर्गा प्रसाईंका भाञ्जा (ठूलीआमाको छोरीको छोरा) पर्छन् ।

तर, प्रसाईंसँग उनको ठूलो रिसइबी छ । उनी अन्तरवार्ताहरुमा प्रसाईंको उछितो काढ्ने गर्छन् । प्रसाईंले नै आफ्नो घर भाँडेको आरोप लगाउँदै आएका छ्न । दुई कक्षासम्मको अध्ययन गरेका चुडाल यसअघि ड्रग्स र रक्तचन्दनको केसमा केही समय जेल परेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस