२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ल्यारक्याल लामा र छोरीसँगै लुम्बिनीमा ध्यान गर्दै प्रधानमन्त्री प्रचण्ड

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुभएको छ ।

बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्र पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले लुम्बिनीमा ध्यान गर्नुभएको छ । उहाँका साथमा लुम्बिनी विकास कोषको उपाध्यक्ष ल्यारक्याल लामा र छोरी गंगा दाहाल हुनुहुन्थ्यो ।

प्रचण्डले लुम्बिनी क्षेत्रको अवलोकन गर्न आएका पर्यटक र स्थानीय बासिन्दासँग अन्तरक्रिया समेत गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस