२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारसँग पानी माग्दै सप्तरीदेखि हिँडेर काठमाडौं आइपुग्यो जनता

churedohans

काठमाडौं । चुरे दोहनको समस्या सुनाउन सप्तरीदेखि हिँडेर २३ जनाको टोली २५ दिनमा काठमाडौं आइपुगेको छ । टोलीमा सहभागीहरु चुरे संरक्षणसहित १२ बुँदे माग बोकेर दोस्रो पटक काठमाडौं आएका हुन् ।

अघिल्लो वर्ष पनि यही माग बोकेर ११ दिनको पैदलयात्रापछि उनीहरु काठमाडौं आइपुगेका थिए । त्यतिबेलाको सहमति पालना नभएकाले फेरि नारा लेखिएको रित्तो बाल्टिन बोकेर उहाँहरु काठमाडौं आएका हुन् । पैदल यात्राका सहभागीहरूले प्लास्टिक र टिनको भाँडोमा पानीका लागि रुख बचाऊँ पानी दे सरकार चुरे संरक्षण गर’ लगायतका नारा उल्लेख गर्नुभएको छ ।

चुरे अतिक्रमण र दोहनले खानेपानीका स्रोत सुक्दै जाँदा आफूहरु काकाकुल हुनु परेकोले फेरि काठमाडौं धाएको चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले जानकारी दिनुभयो । चुरेमा भूमिहीनका नाममा भूमाफियाहरुले कब्जा गरिरहेको र त्यसको मार आफूहरुले खेप्नु परेको पैदल यात्रामा सहभागीहरुले बताएका छन् । उहाँहरुले वैशाख १७ गतेदेखि सप्तरीबाट काठमाडौंका लागि पैदलयात्रा सुरु गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस