२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

१० जेठ २०८१, बिहीबार । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ कायम थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि १८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३८ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन तेजावी सुनको मूल्य १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार ८ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८६५ सय रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस