२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

देवता चढेको भन्दै मन्दिरमा पूजापछि कुपिण्डे तालमा हाम फालेकी महिलाको मृत्यु

सल्यान, १० जेठ । देवता चढेको भन्दै कुपिण्डे तालमा हाम फालेकी एक महिलाको डुबेर मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका ८ मार्के आरामेलटाकुराकी ३० वर्षीया कमला कुवरको विहिबार विहान कुपिण्डे तालमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उनी विहिबार बिहानै बाबुआमासँग बनगाड कुपिण्डे नगरपालिका ८ मा रहेको कुपिण्डेताल नजिकै रहेको बराह मन्दिरमा पुजा गर्न गएकी थिइन् । पुजा गर्ने क्रममा आफूलाई देवता चढेको भन्दै तालमा हाम फालेको भनेर मन्दिरका पुजारी कुल बहादुर गोसाईले प्रहरीलाई जानकारी गराउनुभएको थियो ।

तालमा डुबेकी कमलालाई आफन्त र स्थानीयले उद्धार गरेका थिए । उद्धार पछि उपचारका लागि सल्यान जिल्ला अस्पताल लगिएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भईरहेको र मृत्यु भएकी महिलाको शव जिल्ला अस्पताल सल्यानमै पोष्टमार्टमको लागि राखिएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस