२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भिसा अस्विकृतपछि ज्ञानेन्द्र शाही र पारस खड्का सन्दीपसँगै वकिल लिएर मन्त्री भेट्न पुगे

काठमाडौं, १० जेठ । टी–२० विश्वकपको लागि अमेरिका जाने तयारीमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई नेपालस्थित् अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेको छ । जुन कुरा लामिछाने स्वयमले फेशबुकमार्फत सार्वजनिक गरेका छन् । उनले सन् २०१९ मा अमेरिकाले जे गरेको थियो अहिलेपनि त्यही गरेको भनेर लेखेका थिए । त्यसको चौतर्फी पक्ष र विपक्षमा टिकाटिप्पणी जारी छ ।

यता, राप्रपाका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि प्रधानमन्त्री कार्यालयदेखि गृहमन्त्री र खेलकुदमन्त्रीसँग पहल गरेको खुलाएका छन् । लामिछानेसहित उनी खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई भेट्न पुल्चोकस्थित् मन्त्री क्वार्टरमा पुगेका तस्विर सार्वजनिक भएको छ । उनले लामिछानेले विश्वकप खेल्ने बाटो खुल्ने आशा व्यक्त गरेका छन् । शाहीले फेशबुक पेजमा लेखेका छन्-

आज एकाबिहानै देखि सन्दिप लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि नेपाल सरकारका सबै निकाय प्रधानमन्त्री कार्यालय ,गृहमन्त्री र खेलकुद मन्त्री ज्युसँग पहल गरेका छौ ! आशा छ विश्वकप खेल्ने बाटो खुल्ने छ ? नेपाली चन्द्र सुर्य झन्डा फरफराउने छ !जय नेपाल

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस