२०८१ असोज २१ गते सोमवार | 2024 October 7th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विद्यार्थी लिएर रारा गएको जिप मुगुमा दुर्घटना, ११ जना घाइते

१० जेठ, धनगढी । बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा परेको छ । मुगुको खत्याड गाउँपालिका-२ को शेरीजाम भन्ने ठाउँमा ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार जीपमा सवार ११ जना विद्यार्थी घाइते हुनुभएको छ । उहाँहरूलाई उपचारका लागि रातापानी प्राथमिक स्वास्थ चौकी लगिएको छ । घाइतेहरु खतरामुक्त रहेको उहाँले बताउनुभयो । बाजुराको कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयका विद्यार्थीहरु शैक्षिक भ्रमणका लागि उक्त जिपमा रारातर्फ जानुभएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस