२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिरोहियालाई हिरासत हुँदै अदालतको कठघरामा उभ्याउने डा. इन्द्रजीत महतो को हुन् ?

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपमा अध्यक्ष कैलाश सिरोहियालाई हिजो प्रहरीले पक्राउ गरेपछि उनीविरुद्ध उजुरी दिने युवा चर्चामा छन् । सर्लाही हरिवन निवासी डा. इन्द्रजीत महतोले सिरोहियासँग दोहोरो नागरिकता रहेको भन्दै प्रहरीमा जाहेरी हालेका थिए । उनकै जाहेरीका कारण आज सिरोहिया प्रहरीको हिरासतमा पुगेर अदालतको कठघरामा उभिएका छन् ।

पेशाले डाक्टर इन्द्रजीत हरिवनमा पोलिक्लिनिक सञ्चालन गर्दै आएका छन् । यसअघि उनी धरानमा प्राध्यापक थिए । उनी सामाजिक क्रियाकलापमा सक्रिय छन् भने राजनीतिमा समेत आवद्ध छन् । उनको राजनीतिक पृष्ठभूमि भने स्थिर छैन । डा. महतोले राजा पृथ्वीनारायण शाहको तस्वीर गाउँ–गाउँमा, घरमा–घरमा राखेर उनको सम्मान गरौं भनेर सार्वजनिक आह्वान नै गरेका थिए । त्यसलाई उनले हरिवनमा अभियानको रूप दिएका छन् । पुस २७ लाई राष्ट्रिय एकता दिवसको रूपमा राज्य तहबाट नै मनाउने ब्यवस्था गर्नका लागि सो दिन राष्ट्रिय बिदा दिनुपर्ने माग संघर्ष गरेका थिए । उनले पृथ्वीनारायण शाहलाई राष्ट्र पिता मान्छन् ।

डा. महतो नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा हरिवन वडा नं ९ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका थिए । यद्यपि, उनी कांग्रेसमा धेरै टिक्न सकेनन् ।

त्यसपछि नेकपा (एमाले) प्रवेश गरेर केही समय सक्रिय भए । तर, केही समयमा एमाले पनि त्यागे ।

२०७९ को आमचुनावमा डा. महतोले सर्लाही क्षेत्र नं. ३ (क) बाट प्रदेश सभा सदस्यको निम्ति स्वतन्त्र उम्मेदवारी दिएका थिए । चुनावमा उनले जम्मा ६८६ मत मात्र प्राप्त गरे । चुनाव हारेपछि उनी रास्वपा प्रवेश गरेका हुन् । हाल उनी रास्वपा प्रदेश सदस्य छन् ।

कान्तिपुरले आज पार्टी केन्द्रकै निर्देशनमा डा. महतोले उजुरी हालेको दाबी गर्दै समाचार लेखेको छ । गृहमन्त्री रवि लामिछानले आफ्ना स्वकिय सचिव दीपक बोहरालाई यही प्रयोजनका लागि जनकपुर खटाएको समाचारमा दाबी गरिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस