२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिरोहियालाई धनुषा अदालत ल्याइयो, सुरक्षा व्यवस्था कडा

kailash sirohiya was brought to Dhanusha court

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ । अहिले अदालत आसपासको सुरक्षा व्यवस्था निकै कडा छ । बाक्लो संख्यामा त्यहाँ प्रहरी परिचालन भएका छन् ।

अदालत जाने सडकमा प्रहरीले घेरा हालेको छ । अदालतमा प्रवेशमा समेत कडाइ गरिएको छ । नागरिकता कीर्ते सम्बन्धी कसुरमा अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जि जारी भएको थियो । त्यसपछि उनलाई काठमाडौंबाट पक्राउ गरेर त्यहाँ लगिएको हो ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस